Skip to main content

साझा अक्षर

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

 

झापा  ।।  दुई दिनदेखि लगातार परिरहेको वर्षका कारण जनजीवन प्रभावित भएको छ। लगातारको वर्षका कारण यातायातका साधनहरू गन्तव्यमा पुग्न पनि समस्या भएको छ। प्रतिकूल मौसमका कारण हवाई उडान पानी प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् ।

खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ ।

पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको कम्पनीले जनाएको छ । 

विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहेपनि माउन्टेन फ्लाइटहरू रद्द भएका छन् ।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले  देशभर वर्षा भइरहेको छ । जस कारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...