Skip to main content

साझा अक्षर

झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

बिर्तामोड ।।  लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए ।

उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१ का मुसे भन्ने रमेश चौधरीको छोरा ३५ वर्षीय टिकाराम चौधरी डुबेर बेपत्ता भएका छन् । शुक्रबार साँझ ७ बजे कमल १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपता भएको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य भइरहेको छ । त्यसैगरी कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी छिन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको हो । उनी अझै सम्म नभेटिएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...