Skip to main content

साझा अक्षर

झ्याप्लेखोला पहिरोमा ३ वटा गाडी पुरिँदा ३० भन्दा बढीको मृत्यु

 

धादिङ । निरन्तर बर्षाका कारण धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा ३ वटा गाडी पुरिँदा हालसम्म ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो ।

चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको धादिङ प्रहरीले जनाएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाकाअनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको शंकामा खोजी कार्य जारी रहेको छ । सोही पहिरोमा परि गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ ।

उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ । त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । सोही पहिरोमा अन्य बसहरु समेत पुरिएको हुन सक्ने शंकामा खोजी कार्य जारी रहेको छ ।
थप सामग्री : https://ehimalayatimes.com/2024/09/271808/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...

Detailed_analysis_reveals_Aerobet_benefits_for_players_and_innovative_betting_st

Detailed analysis reveals Aerobet benefits for players and innovative betting strategiesUnderstanding the Aerobet Interface and Co...

Estrategias_seguras_para_ganar_con_aero-bet-spain_es_y_maximizar_tu_experiencia

Estrategias seguras para ganar con aero-bet-spain.es y maximizar tu experiencia de juegoAnálisis de Probabilidades y Valor Esperad...