Skip to main content

साझा अक्षर

न्युटन्स् एजुकेसन एकेडेमीको दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

बिर्तामोड असोज २३ ।। बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीले दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।अभिभावक संघ एकाई अध्यक्ष नरेश भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईं, आबद्ध साकोसका व्यवस्थापक पर्वत चिमरिया, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, विद्यालयका इञ्चार्ज नोयल परेरा, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा २०८१ को उत्कृष्ट शिक्षक मनिषा श्रेष्ठलाई १० हजार रुपैँयासहित सम्मान गरिएको थियो ।

सो अबसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक हुमागाईंले विद्यालयप्रति जिम्मेबार र लगनशिल भएर काम गर्न आग्रह गरेका थिए । न्युटन्स् शिक्षक कर्मचारीका कारणले गर्दा यहाँ आएको र नमुना विद्यालय समेत बन्न सफल भएको उनले बताए ।

उपस्थित सम्पूर्णले शुभकामना साटासाट गरेको कार्यक्रमको सञ्चालन शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...