साझा अक्षर

राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाइयो

 

झापा । राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाईएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले बिर्तामोडको डोमालाल राजव्रंशी रंगशालामा कार्यक्रम गर्दै आठौं राष्ट्रिय भाक्का दिवस मनाएको हो ।

राजवंशी समुदायले आफ्नो जातीय परिकार भाक्कालाई प्रवर्द्धन गर्न हरेक वर्ष पुष २९ गते दिवसको रुपमा मनाउँदै आएका छन् । आदिवासीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले भाक्का दिवस मनाउँदै आइरहेको छ ।

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आफ्नो जातीय संस्कृति र परम्पराको जगेर्नाका लागि समुदाय आफैं सचेत हुनुपर्ने बताउँदै आवश्यकताका आधारमा सहयोग गर्न सरकार तयार रहेको बताए । संस्कार र संस्कृतिको संरक्षण हुन नसके जातीय अस्तित्व समाप्त हुने मन्त्री कार्कीको धारणा थियो ।

सरकारले सबै जातजाति र भाषाभाषीको अस्तित्वलाई स्वीकार गरेर समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको प्रष्ट पार्दै मन्त्री कार्कीले सार्वजनिक बिदालाई मात्रै महत्व दिन नहुने बताएका छन् ।

‘जातीय बसोबासको बाहुल्यताका आधारमा स्थानीय तहले बिदा दिन सक्छन्’, मन्त्री कार्कीले भन्नुभयो, ‘सबै स्थानीय तहले बिदा दिएनन् भनेर दुःख मनाउ गर्नु पनि हुँदैन ।’

मन्त्री कार्कीले राजवंशी जातिको जातीय संस्कारका रूपमा रहेको भक्का साझा खाजाका रूपमा विकसित भइसकेको जनाउँदै यसलाई व्यवसायिक बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने गरी लाग्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाले जातीय संस्कृति र संरक्षणका लागि नयाँ पुस्तालाई समेत सचेत बनाउँदै लैजानुपर्ने बताए ।

राजवंशी समाज विकास समितिले डोमालाल राजबंशी रङ्गशालामा विशेष कार्यक्रम आयोजना गरी आठौं राष्ट्रिय भक्का दिवस मनाएको समाजका अध्यक्ष अभय राजवंशीले जानकारी दिए । उनका अनुसार भाक्का दिवसमा ५० जनाले एकै ठाउँबाट भाक्का बनाएर खुवाएका थिए ।

दिवसको अवसरमा झापाका तीन पालिकाले आज सार्वजनिक विदा दिएका थिए । आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको झापा क्षेत्र नम्बर ३ अन्तरगतका भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय विदा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

छुटाउनुभयो कि ?

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Nejlepší zahraniční online casino - aktualizovaný žebříček pro rok 2026 ▶️ HRÁT ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123