Skip to main content

साझा अक्षर

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : सेमिफाइनल समीकरण पूरा

बुद्धशान्ति , माघ १६ ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ ।

आज भएको क्वाटर फाईनल खेलमा गौरादहले अर्जुनधारालाई र मेचिनगरले कचनकवललाई पराजित गरे सङ्गै सेमिफाइनलको समीकरण पूरा भएको हो ।

आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ७२ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले ७५ र अर्जुन यादवले ३४ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४३ रन बनाउन सफल भयो।
गौरादह लाई बिजय दिलाउन महत्त्वपूर्ण ७५ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सुरज न्यौपाने खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार,मेडल र ट्रफी प्राप्त गरे ।

त्यसैगरी दोस्रो खेलमा मेचीनगर नगरपालिकाले कचनकवल गाउँपालिका लाई ५३ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले कचनकवल सामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।मेचीनगरले १९.१ ओभरमा सबै विकेट गुमाएर सन्दिप ढुंगानाको ४७ र अमित श्रेष्ठको ५५ रनको योगदानले १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको कचनकवल गाउँपालिकाले १८ ओभरमा अलआउट हुँदै मात्र १०८ बनाउन सफल भयो। मेचीनगर लाई जित दिलाउन ४७ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सन्दिप ढुंगाना खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ ,मेडल र ट्रफी प्राप्त गरे।

त्यसैगरि भोलिको पहिलो सेमिफाइनलमा बिर्तामोड र गौरादह नगरपालिका भिडने छन् भने दोश्रो खेल भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका बिच रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...