Skip to main content

साझा अक्षर

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधि बिर्तामोडलाई 

 

बुद्धशान्ति , माघ १९ ।
भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले उचालेको छ ।

उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको बर्खा प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले बताए ।

टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका शिवान्स बजगाईले ६४ रन र दिपु भुजेलको ४२ रनको मद्धतले सजिलै लक्ष्य हासिल गरेको हो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी भद्रपुरका अङ्कित सुवेदी , म्यान अफ द म्याच बिजेता टिमका सिवान्स बजगाई, उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने , बलर मेचिनगरका शिव राजबन्शी, फिल्डर दमकका कुशल दङ्गाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की, बिशेष सम्मान भद्रपुरका दिवान्स बास्तोला र फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्दै नगद सहित सम्मानित भएका छन् ।

साथै यश अघि भएको Barkha,s indo- Nepal womens cricket प्रतियोगितामा भारत महिला क्रीकेट टिम बिजयी हुँदै सम्मानित भएको गोकुल पौडेलले जानकारी दिए । समय अभावमा १२ ओभरमा खेलाईएको खेलमा नेपाल महिला टिमले सामान्य ५२ रन बनाएको थियो । अप्सरी बेगमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् । त्यस्तै ५३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतको टिमले १०.२ ओभरमा लक्ष्य प्राप्त गर्यो । भारतको लागि हेप्पी सरकारले २३ रनको योगदान दिए पनि अन्य खेलाडीले दोहोरो अङ्क जोडन सकेनन् । पहिलो खेल नेपालले जितेको थियो भने आज भारतले जितेको हो । साथै रन रेटको आधारमा भारत बिजेता बन्दै सम्मानित भएको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...