साझा अक्षर

विमलाको गोलसँगै नेपालको विजयी सुरुवात

विमला चौधरीको निर्णायक गोलसँगै अन्तर्राष्ट्रिय फोर नेसन्स कपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा वरियतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अंक हासिल गरेको छ ।

नेपालले खेलको दशौं मिनेटमै गोल गरेको थियो । विंगर विमला चौधरीले हेडर गोल गरेकी थिइन् । सविता राना मगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गरेकी थिइन्

तर, त्यसपछि फाइनल थर्डमा नेपाल बारम्बार चुकेको थियो । प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफको सुरुमै फ्रान्सबाट स्वदेश फर्किएकी सावित्रा भण्डारीलाई मैदान पठाएका थिए । तरपनि नेपाल फिनिसिङमै चुक्यो । सावित्रासँगै सविता रानामगर, रेखा पौडेल र रश्मीकुमारी घिसिङले बारम्बार अवसर पाएपनि गोल गर्न चुके ।

अन्तर्राष्ट्रिय फुटबलमा यी दुईबिच दोस्रोपटक प्रतिस्पर्धा भएको हो । यसअघि सन् २०१९ मा नाजेद्दा कपमा नेपालले किर्गिस्तानमाथि ८–२ को सानदार जित निकालेको थियो । सो खेलमा सावित्रा भण्डारीले चार र अनिता बस्नेतले दुई गोलका थिए । किर्गिस्तानको पोस्टमा दीपा राई र निरु थापाले समान एक गोल थपे । दीपा र निरु वर्तमान टोलीमा छैनन् । दुबैले संन्यास लिइसकेका छन् ।

प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलमा किर्गिस्तानविरुद्ध कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई गोलपोष्टको जिम्मेवारी दिएका थिए । अञ्जिला यही प्रतियोगिता खेल्न ग्रिसको शीर्ष डिभिजन लिग छाडेर नेपाल आएकी हुन् ।

खेलभर लेवनानले एकमात्रै मौका बनायो । खेलको ५५औं मिनेटमा लेवनानले काउन्टरमा पाएको बललाई कप्तान अञ्जिलाले बक्सभित्रबाट क्लियर गरेकी थिइन् ।

खेलको २१औं मिनेटमा नेपाल दोस्रो गोल गर्नबाट चुक्यो । सविताकै पासमा रश्मीले सिक्स यार्ड बक्समा पाएको बललाई प्रहार गर्न ढिला गर्दा किर्गिस्तानकी डिफेन्डरले क्लियर गरेर संकट टारेकी हुन् । खेलको २९औं मिनेटमा रेखाले बक्स भित्रबाट हानेको प्रहार किर्गिस्तानकी गोलकिपर दिल्नुरा अविदुला किजीले नियन्त्रणमा लिएका थिइन् ।

खेलको पहिलो हाफको इन्जुरी समयमा नेपाल लगातार गोल गर्नबाट चुक्यो । रश्मी र सविताले लगातार गरेको प्रहार क्रसबारमा लागेर फर्किँदा नेपाल दोस्रो गोलबाट चुकेको थियो । लगत्तै रेखाले गरेको प्रहार लेवनानी डिफेन्डरले क्लियर गरेकी थिइन्।

फोर नेसन्समा सबैभन्दा बलियो म्यानमार हो । म्यानमार फिफा वरीयताको ५५औँ स्थानमा छ । नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन् ।

आज नै भएको पहिलो खेलमा म्यानमारले लेवनानलाई ३–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको छ । अब, नेपालले ८ फागुनमा लेवनानसँग खेल्दा म्यानमारले किर्गिस्तानसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...