Skip to main content

साझा अक्षर

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्न तथा विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाद्वारा आज जनकपुरधाममा आयोजित १९औँ स्थापना दिवसका अवसरमा प्रहरी नायब महानिरीक्षक ढकालले सङ्गठनले सिमा सुरक्षा, सङ्गठित अपराध नियन्त्रण, मानव बेचबिखन तथा तस्करी रोकथामलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।

बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री, दक्ष र व्यावसायिक बनाउँदै लैजानुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । सङ्गठनभित्र अनुशासन, इमान्दारिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै जनविश्वास कायम राख्नुपर्नेमा प्रहरी नायब महानिरीक्षक ढकालले जोड दिनुभयो ।

साथै, विपद्का बेला उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरीको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा नागरिकको सुरक्षामा अझ समर्पित भएर लाग्न निर्देशन दिनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सशस्त्र प्रहरी बलले स्थानीय प्रशासनसँग समन्वय गरी शान्तिसुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

उहाँले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक एवं गणपति भीमबहादुर विष्टले विश्व तथा क्षेत्रीयस्तरमा देखिएका नवीनतम सुरक्षा चुनौती, खुला सीमाबाट उत्पन्न हुनसक्ने जोखिम तथा परिवर्तित भू–राजनीतिक परिवेशलाई मध्यनजर गर्दै सोहीअनुसार रणनीति अख्तियार गरी सशस्त्र प्रहरी बल परिचालन भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम भोटेटार भेट्रान्स कप आजबाट सुरु: उद्घाटन खेलमा चारपाने भेट्रान्स विजयी

झापा । बुधबारे जेसीज प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा चारपान...

कालिटार युवा समाज कप : रोङ–१ र रोङ–५ उपाधिका लागि भिड्ने

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ बीच प्रतिस्पर्धा हुने भ...

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...