Skip to main content

साझा अक्षर

डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका सेमिफाइनलमा

 

मङ्गलबारे फागुन ६ ।। डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा  फाकफोकथुम गाउँपालिकाले माई नगरपालिकालाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् माई नगरपालिकाका जर्सी नम्बर ९ हरि मगरले पहिलो हाफको एघारौँ मिनेटमा गरेको  प्रहार क्रस बार नजिकैबाट बाहिरियो त्यस्तै दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर ९९ का सुवास नेम्बाङको प्रहारलाई भने फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बुले बचाए।

फाकफोकथुम गाउँपालिकाका लागि जर्सी नम्बर ४ का भविन श्रेष्ठले केही अवसर पाएपनि गोल गर्न सकेनन् जर्सी नम्बर १२ का सन्देश लिम्बुको प्रहारलाई भने माई नगरपालिकाका गोलकिपर जमिन राईले उत्कृष्ट बचाउ गरिदिए। त्यसपछि खेल मा दुवै टोलीले गोल गर्न सकेनन्  निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो।

टाईब्रेकरमा फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बु  नायक बने उनले माई नगरपालिकाका जर्सी नम्बर ७ का सुदीप मगरको प्रहारलाई  रोकेका थिए जर्सी नम्बर ५ का रोमन योगी र जर्सी नम्बर २२ का दिलहाङ लिम्बुले गोल गरे जर्सी नम्बर १७ का सुसन राईको प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएको थियो।

फाकफोकथुम गाउँपालिकाको तर्फबाट क्याप्टेन तारा फागो , विशेष राई सन्देश लिम्बु र संजोग थेगिमले गोल गरे   खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजेता फाकफुकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बु प्लेयर अफ द म्याच बन्दै ट्रफी र नगद ३००० प्राप्त  गरे

प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेलहरू सुरु  हुनेछन्। पहिलो सेमिफाइनल खेलमा भोलि फागुन ७ गते सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकाको सामना गर्नेछ। दोस्रो सेमिफाइनल खेल फागुन ८ गते इलाम नगरपालिका र फाकफोकथुम गाउँपालिका बीच हुनेछ।

देउमाई स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख ११ हजार  हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार  प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...