Skip to main content

साझा अक्षर

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

 

बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ ।

नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा
फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५ गते शिवर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनुभयो ।

नगरका अन्य वडाका व्यक्तिहरुले पनि पायक पर्ने स्थानमा गएर सेवा लिन सकिने जनाईएको छ । नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा रहेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस शिविरबाट जतिसक्दो धेरै जनाले लाभ लिन आग्रह गर्नु भएको छ । रोगबाट हुनसक्ने जोखिम कम गर्न यो शिविर अत्यन्तै फलदायक रहेको बताउँदै उहाँले स्वास्थ्य नै मानिसको सबै भन्दा ठुलो सम्पति रहेकोले आफ्नो स्वास्थ्यको ख्याल गर्न सबैलाई आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...