साझा अक्षर

प्रेस चौतारी झापाद्वारा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा

 

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो ।
संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति घोषणा गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारण गर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५१ सय रुपैयाँ लेखनवृत्तिको रुपमा ६÷६ महिनामा प्रदान गरिने जनाइएको छ । पहिलो ६ महिनाका लागि प्रेस चौतारी केन्द्रीय सदस्य कोशी प्रदेश सहइञ्चार्ज अम्बिका भण्डारी र दोस्रो ६ महिनाका लागि केन्द्रीय सदस्य गोपाल काफ्लेले लेखनवृत्ति वापत प्रदान गरिने रकमको घोषणा समेत गर्नुभएको छ ।
विस्तारित बैठकमा जिल्लाको पत्रकारिताको विकास, पत्रकारहरुको क्षमता विकास, मिडिया सर्वेक्षण, पत्रकारका पेशागत सुरक्षाको सवालमा अध्यक्ष परियारले कार्ययोजना सार्वजनिक गर्नुभएको छ । सो विस्तारित बैठकमा गत माघ ३० गते कोशी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचतलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।
बैठकले सचिवालय गठन, अनुगमन समिति समेत बनाएको सचिव युवराज आचार्यले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज अम्बिका भण्डारी, केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज सन्तोष आचार्य, केन्द्रीय सदस्य गोपाल काफ्ले, पूर्व अध्यक्ष माधव विद्रोही, नेकपा एमाले झापाका सदस्य एवम् प्रेस चौतारी झापाका इञ्चार्ज मनकुमार गदाल, निर्वाचन आयोग सदस्य सावित्रा दाहाल, प्रचार तथा प्रकाशन विभाग कोशी प्रदेशका सदस्य मोहनकाजी, प्रेस चौतारीका कोशी प्रदेश उपाध्यक्ष युवराज विवश र पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123