Skip to main content

साझा अक्षर

टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ।

बा २ क ६५८० नम्बरको  टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।

यता संगै रहेका सात जनाको अवस्था भने सामान्य छ । उनीहरु ठुलो दुर्घटनाबाट बचेका छन् । दुर्घटनाग्रस्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका१२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । चालक माझीलाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ । टिपर प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छ।

।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...