साझा अक्षर

निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा पोखरेल

 

शनिश्चरे । नेपाल निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा त्रिविक्रम पोखरेल चयन हुनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाको आयोजनामा अर्जुनधारा नगरपालिकाको सभाहलमा आज भएको प्रथम पालिका अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो ।

संगठनको उपाध्यक्षमा खगेन्द्र लिङ्देन, सचिवमा हरिप्रसाद रिजाल, सहसचिवमा कमल पौडेल र कोषाध्यक्षमा मन्जु खतिवडा चयन हुनुभएको छ ।

त्यस्तै संगठनको सदस्यहरुमा डेनिस कडरिया, दुर्गा भट्टराई, पुष्पा पौडेल, मीना अधिकारी, माधव भण्डारी, पूजा कोइराला, रोशन सिलवाल र कृष्ण नेपाल चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

यस्तै अधिवेशनले लेखा परीक्षण आयोग समेत गठन गरेको छ । आयोगको संयोजकमा चुडामणि खनाल चयन हुनुभएको छ, भने सदस्यहरुमा विक्रम क्षेत्री र माया कुमारी ऐर चयन हुनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाका अध्यक्ष हिरण्य प्रसाद न्यौपानेको अध्यक्षतामा समन्न भएको अधिवेशनमा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले अर्जुनधाराका अध्यक्ष तथा पुर्व प्रदेश सांसद बिर्ख प्रधान, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पुर्व प्रमुख प्रशासकीय अधिकृत तथा नेकपा एमाले अर्जुनधाराकी लेखा संयोजक गिताकुमारी राई, संगठनका केन्द्रिय सदस्य बशिष्ठ अधिकारी, जिल्ला कार्यसमिति झापाका निवर्तमान अध्यक्ष तथा  सल्लाहकार संयोजक केदार पोख्रेल,  जिल्ला सल्लाहकार सदस्य देवीचरण भण्डारी, जिल्ला कार्यसमिति सचिव पुर्ण चन्द्र मैनाली, सह-सचिव चिरञ्जिवी खवाससहित नेकपा एमालेबाट निर्वाचित अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाले झापाका सबै पालिकामा संगठन बिस्तार गर्ने क्रममा आज अर्जुनधारामा अधिवेशन सम्पन्न भएको हो ।

झापाको शिवसताक्षी, भद्रपुर, झापा, कचनकवल र अर्जुनधारामा अधिवेशन सम्पन्न भइसकेको संगठनका जिल्ला सचिव पुर्ण चन्द्र मैनालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...