साझा अक्षर

अवैधानिक काठसहित ट्रयाक्टर नियन्त्रण

 

अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो।

सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवासघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो।

कटान आदेश समेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवासघ नेपाल अर्जुनधाराका अध्यक्ष धिरज मोक्तानले जानकारी दिए । युवासंघका अध्यक्ष मोक्तान, उपाध्यक्ष सुशील भुजेल, सहसचिव युकेश फुयाल लगायत स्थानीय उपभोक्ताहरूले सामुदायिक वनको ट्रयाक्टर लाई नियन्त्रणमा लिएका थिए ।

युवाहरूसँगै स्थानीय उपभोक्ताहरुले समेत ढलेको रुख काट्ने बहानामा नलडेको रुखलाई समेत काटेर सामुदायिक वनले अवैधानिक ढंगले काठ ढुवानी गरेको बताएका छन् । उक्त स्थलबाट साल जातको ११ थान लकडी र सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिएको हो।

यता घटनास्थलमा पुगेका सबडिभिजन वन कार्यालय कन्काई सुरुङ्गाका कर्मचारी गोपाल नेपालले आफूहरुले लिखित रुपमा अनुमति नदिएको स्वीकार गरेका छन् । उनले सामुदायिक वनले ढले-पढेका रुख निकासीका लागि यसअघि मौखिक रूपमा मात्रै आफूले जानकारी पाएको बताए। तर घटनास्थलमा अर्को रुख समेत लडाएर मुढा निकासा गरिएको बारेमा भने आफू अनविज्ञ रहेको बताएका छन्। नेपालले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र रुख लडाएर काटिएको भएमा कानुनी प्रक्रिया अघि बढ्ने बताएका छन्।

यता सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले आफूहरुले अनुमतिको प्रक्रिया अपनाए पनि सामान्य त्रुटि भएको स्वीकार गरेका छन् । सामुदायिक वनका सचिव नरेन्द्र गौतमले रुख कटान तथा निकासीको आदेशलाई कानुनी रुपमा पुरा नगरी लकडी ढुवानी गर्नु गल्ती भएको स्वीकार गरेका छन्।

अर्जुनधारा २ का जनप्रतिनिधि प्रेम उपरकोटीले सामुदायिक वनले असंवैधानिक ढङ्गले मुढा निकासा गर्न खोजिएको देखिएको बताएका छन्। उनले सामुदायिक वनले काठ निकासी गर्नुभन्दा अघि सम्बन्धित वन कार्यालय, स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी नगराएको देखिएको बताए ।

उक्त संबन्धमा सबडिभिजन वन कार्यालय र प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...