Skip to main content

साझा अक्षर

एसइई परीक्षा आजदेखि पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै

 

झापा चैत्र ७ ।। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुदैछ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने
पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।

यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...