Skip to main content

साझा अक्षर

कन्काईमा श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्याको प्रयास

 

बिर्तामोड चैत्र १२ ।। झापाको कनकाईमा आज एकाबिहानै श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर आफूले पनि आत्महत्याको प्रयास गरेका छन्।  उनी घाँटी काटिएर बेहोश अवस्थामा भेटिएका छन् ।

कनकाई-५ नारायणदल चोकमा डेरामा बस्दै आएका दम्पत्तीमध्ये पत्नीको वीभत्स हत्या भएको र पतिको घाँटी आधा काटिएको अवस्थामा भेटिएको वडा अध्यक्ष कृष्णबहादुर राईले  बताए ।

 

पति अन्दाजी ४२ वर्षीय लालबहादुर मंग्रातीले मादक पदार्थको जोशमा आफूले आफ्नी पत्नी अन्दाजी ४० वर्षीया मनिषा मंग्रातीको हतियार प्रहार गरी हत्या गरेको स्वीकारेको प्रहरीसमक्ष बताएका छन् ।

 

 

 

उनले आज बिहान ०४ः३८ बजे स्थानीयबासीलाई खबर गरेर आफूले पत्नीको हत्या गरेको जानकारी दिएको बताइएको छ । उनलाई उपचारका लागि बिएन्डसी अस्पताल ल्याइएको छ ।

स्थानीयले जानकारी गराएपछि जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । जनप्रतिनिधि र गाउँलेले ज्याला मजदुरी गर्दै आएका उनीहरु मादर्थ पदार्थ सेवन गर्ने र बेलाबेला झगडा गरिरहने बताए ।

स्थानीयबासीका अनुसार घटना बिहान ३ बजेतिर भएको हो । ताप्लेजुङ सिनाम घर भएका उनीहरु त्यहाँ दुई वर्षदेखि स्थानीय योगेन्द्र बस्यालको घरमा डेरामा बस्दै आएका थिए । उनीहरु हिजो दिनभर मजदुरी गर्न गएको गाउँलेले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...