Skip to main content

साझा अक्षर

यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

 

बिर्तामोड चैत्र १६ बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६, स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ ।
चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको छ । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो ।


मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे अनुसारको समय दिन नसक्ने भएकोले ज्येष्ठ नागरिकहरु भेला भई एक आपसमा दूःख सुख बाँड्ने बैकल्पिक स्थानको रुपमा ज्येष्ठ चौतारी स्थापित भएको बताउनु भयो । लौरो भनेको प्रत्यक्ष व्यक्तिको अनुपस्थितिमा ज्येष्ठ नागरिकलाई ठूलो सहारा प्रदान गर्ने र छाताले घामपानीमा सुरक्षा प्रदान गर्ने भएकोले वितरण कार्यमा लौरौ र छाता रोजिएको उनले बताए । हस्तान्तरण कार्यक्रमको संचालन भानुभक्त खनाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...