Skip to main content

साझा अक्षर

यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

 

बिर्तामोड चैत्र १६ बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६, स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ ।
चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको छ । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो ।


मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे अनुसारको समय दिन नसक्ने भएकोले ज्येष्ठ नागरिकहरु भेला भई एक आपसमा दूःख सुख बाँड्ने बैकल्पिक स्थानको रुपमा ज्येष्ठ चौतारी स्थापित भएको बताउनु भयो । लौरो भनेको प्रत्यक्ष व्यक्तिको अनुपस्थितिमा ज्येष्ठ नागरिकलाई ठूलो सहारा प्रदान गर्ने र छाताले घामपानीमा सुरक्षा प्रदान गर्ने भएकोले वितरण कार्यमा लौरौ र छाता रोजिएको उनले बताए । हस्तान्तरण कार्यक्रमको संचालन भानुभक्त खनाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...