साझा अक्षर

पाँचथरमा डडेलोमा परेर एकको मृत्यु तीनजना घाइते।

 

झापा चैत्र २२ ।। पाँचथरको कुमममयकमा आगोले जलेर एकजनाको मृत्यु भएको छ।

कुम्मायक गाउँपालिकाको निजी जंगलमा लागेको लागेको डढेलोमा परेर विहिबार घाँस काट्न गएकी युवतीको मृत्यु भएको हो। बालिकासहित ३ जना गम्भीर घाइते भएका छन्।

कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा लागेको डढेलोमा परेर घाँस दाउरा गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको पाँचथर प्रहरीका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए। तलबाट सल्किएको डढेलोमा ४ जना परेका थिए। कतै भाग्न सक्ने ठाउँ नभएपछि उनीहरु जलेको प्रहरीले जनाएको छ।

घट्नामा २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन्। उनीहरुको धरानमै उपचार भइरहेको छ। आगोले जलेर घाइते भएका सबै जनालाई प्रहरीले उद्धार गरेर उपचारका लागि धरान पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...