साझा अक्षर

पुरुष खुल्ला फुटबल प्रतियोगिता: द बोइज र पोखरी युथ क्लबको विजय सुरुवात

 

एकतप्पा चैत्र २५ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनको खेलबाट जित निकाल्दै  द बोइज र आयोजक पोखरी युथ क्लब दोस्रो चरणमा प्रवेश गरेका छन्।

जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा हेन्सी स्टार राँकेलाई  लाई सडन डेथमा पराजित गर्दै  द ब्वाइज आमचोक अघिल्लो चरणमा प्रवेश गरेको छ।   निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेसगै खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले ४-४ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा द  ब्वाइज एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय गरेको छ

त्यस्तै आज भएको दोस्रो खेलमा tyc ठङ्गेपुर  लाई   ३ – ० गोल अन्तरले पराजित गर्दै आयोजक पोखरी युथ एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ।  आयोजक पोखरी एफसीका लागि पहिलो हाफको सोह्रौँ मिनेटमा जर्सी नम्बर १४ का सन्देश लिम्बुले  गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको खेलको दोस्रो हाफमा पुन आयोजक पोखरी युथ क्लबका लागि जर्सी नम्बर १० का भविन श्रेष्ठले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । लगातार टि वाइ सी ठङ्गेपुर एफसीलाई दबाबमा राखेको आयोजक पोखरी युथका जर्सी नम्बर ७ का सुबाष गुरुङले उत्कृष्ट हेडर गोल गर्दै टोलीलाई ३-० को अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि tyc ठङ्गेपुर एफसी  फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो खेलको अन्तिम समयमा पाएका केही अवसरलाई  गोलमा परिणत गर्न  नसकेपछि tyc ठिङ्गेपुर एफसी पहिलो खेलबाट नै घर फर्किएको छ।

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेल चौबन्दी एफ सी र दानाबारी एफ सी  बीच प्रतिस्पर्धा हुने छ। भोलि नै हुने दोस्रो खेल चमैता के एफ सी र द नाइट क्लब बीच हुने  आयोजक समितिका अध्यक्ष टङ्क गुरुङ (सुवासले ) जानकारी दिएका छन्

दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...