साझा अक्षर

झापाको अर्जुनधारामा सडेगलेको अवस्थामा महिलाको सब फेला

बिर्तामोड चैत्र २६  झापाको अर्जुनधारा नगरपालिका वडा न.१ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ ।

सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए

उनीहरूले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् ।

यसअघि पनि उनी तीन–चारपटक हराएकी थिइन् । ती वृद्धा हराएको भनेर परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

कपडाको आधारमा पहिचान गरी मृतकका छोरीले शव बुझेर लिएर गएको डीएसपी विष्टले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...