Skip to main content

साझा अक्षर

शैक्षिक सत्र२०८२ सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक

काठमाडौं।। शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा सकिएर नतिजा पनि आउन थालिसकेको अवस्था छ। चालु शैक्षिक सत्र सकिन लाग्दा नयाँ शैक्षिक सत्र २०८२ को स्वागत तर्फ समग्र शिक्षा क्षेत्र अगाडी बढिरहेको देखिन्छ। बैशाखको पहिलो साता बाट धेरै विद्यालयहरूमा पढाइ सुरू हुने गरेको अगाडीका वर्षहरू हेर्दा पनी अनुमान गर्न सकिन्छ।यसै कुरालाई मध्यनजर गरेर पठनपाठन सुरु हुनुअघि नै पुस्तक छपाइ सम्बन्धी काम हरू सम्पन्न गरी सम्बन्धित ठाउँमा पुर्याउने कार्य समेत सुरू भईसकेको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ ।

केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक (अङ्ग्रेजीमा अनुवादितसमेत) केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्री वितरणको व्यवस्था गरिएको जानकारी दिए ।

यही चैत १२ गतेदेखि बिक्रीवितरण खुला गरी देशका ७७ वटै जिल्लाका सूचीकृत बिक्रेताहरूमार्फत शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धित विद्यालयहरूमा पुर्‍याउन पहल भएको उनले बताए ।

‘हामीले पठनपाठन सुरु हुनुअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सम्पूर्ण तयारी गरिसकेका छौँ । कथम् कदाचित् विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको गुनासो आएमा तुरुन्त केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न आग्रह छ’, उनले भने ।हालसम्म देशभरका नौ वटा कार्यालयबाट ६४ लाख ७६ हजार ८५० थान पुस्तक बिक्रिवितरण गरिसकिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार केन्द्रीय कार्यालयबाट १२ लाख तीन हजार १३४, कोशी प्रदेश कार्यालय विराटनगरबाट सात लाख ३८ हजार ६८१, मधेसको जनकपुरबाट चार लाख ९४ हजार १४२, बागमतीको भरतपुरबाट छ लाख २६ हजार ४३८, गण्डकीको पोखराबाट पाँच लाख ३२ हजार ३२४, लुम्बिनीको बुटवलबाट नौ लाख नौ हजार ६५८, कर्णालीको सुर्खेतबाट तीन लाख ६५ हजार ८०४, सुदूरपश्चिमको धनगढीबाट सात लाख ५० हजार १७ र प्रादेशिक प्रेस नेपालगञ्जबाट आठ लाख ५६ हजार ६५२ थान पुस्तक बिक्रीवितरण भइसकेका छन् ।

गत सोमबारसम्म उक्त परिमाणमा पुस्तक बिक्रीवितरण भएका र केन्द्र मातहतका कार्यालयमा बाँकी एक करोड पाँच लाख ७३ हजारभन्दा बढी थान पुस्तक मौज्दात रहेकाले सूचीकृत बिक्रेताहरूलाई समयमै सम्पर्कका लागि अनुरोध गरिएको छ । साथै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि विद्यार्थी सङ्ख्याका आधारमा छपाइ भइरहेकाले समयमै उपलब्ध गराइने प्रबन्धक निर्देशक पौडेलले जानकारी दिए ।

‘केन्द्रले कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको थियो । विद्यालय तहको प्राप्त जिम्मेवारी समयमै पूरा गर्ने गरी काम भएको छ । बाँकी पुस्तक पनि चाँडै बिक्री वितरणका लागि हामी खटिरहेका छौँ’, उनले भने ।

केही वर्ष अघिसम्म देशभरका विद्यालयमा शैक्षिक सत्र सकिने बेलासम्म विद्यार्थीले पुस्तक पाउन नसकेको गुनासो आउने गरेका थिए । सरकारले केही वर्षयता जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक छाप्ने जिम्मा दिएपछि समस्या समाधान हुन थालेको छ । सरकारले कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी क्षेत्रलाई नै दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...