Skip to main content

साझा अक्षर

खुल्ला पुरुष फुटबल प्रतियोगिता: फुङ्बा एफसी र टी. वाई. सी मङ्गलबारे सेमिफाइनल प्रवेश

 

एकतप्पा चैत्र २७ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ  पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत  आज बाट क्वाटर फाइनलका खेलहरू सुरु भएका छन्।

पोखरीस्थित जानकी माध्यमिक विद्यालयको  खेलमैदानमा आज भएको पहिलो क्वाटर फाइनल खेलमा मनोकामना एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै फुङ्बा एफसी समी फाइनलमा प्रवेश गरेको छ। खेलको दोस्रो हाफमा फुङ्बा एफसीका जर्सी नम्बर १४ का पुरन राईले उत्कृष्ट फ्रिकीक गोल गर्दै टोलीलाई अग्रता दिलाए।  मनकामना एफसीका खेलाडीले फुङ्बा एफसीका खेलाडीलाई फल गरेपछि पाएको फ्री किकमा  कुनै गल्ती नगरी उनले गोल गरे।

मनकामना एफसीका खेलाडीहरूले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा क्वाटर फाइनलबाटै घर फर्किएको छ। मनकामना एफसीका उमेश गुरुङले डिबक्स नजिकै पाएको बललाई जाली चुमाउन सकेनन् अर्का खेलाडी फुर्वा तामाङको प्रहार  गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । उत्कृष्ट खेलाडीहरूका साथ मैदान उत्रिएको मनकामना एफसीले पाएको अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्दै घर फर्किएको छ।

 

त्यस्तै आज भएको दोस्रो खेलमा ब्राइट स्टार  क्लब फाक्तेप पाचाथरलाई ट्राइबेकरमा  चार दुई गोल अन्तरले पराजित गर्दै  tyc मङ्गलबारे सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोली गोल रहित बराबरी खेलेपछि खेल निर्णयका लागि ट्राइबेकरमा धकेलिएको हो। ट्राइबेकरमा tyc मङ्गलबारेका लागि  निश्चल भण्डारी, मिङमा गुरुङ , युनिक थापा र बिवस मगरले गोल गरे।  उता पराजित ब्राइट स्टार पाँचथरका विबस लिम्बु र हिमाल लिम्बुको प्रहार मात्र गोलमा परिणत भएको थियो।  स्पेन लिम्बुको प्रहार बाहिरिएको थियो भने उत्तम लिम्बुको प्रहारलाई t y c मङ्गलबारेका गोलकिपर श्रीजन राईले बचाउ गर्दै आफ्नो टिमका लागि सेमीफइनल मा पुर्‍याएका छन्

भोलि पनि क्वार्टर फाइनलका दुई खेलहरू हुनेछन्।भोलि हुने पहिलो खेल द ब्वाइज एफसी र दानाबारी एफसी बीच हुनेछ । भोलि नै हुने दोस्रो तथा अन्तिम क्वाटर फाइनल  खेलमा आयोजक पोखरी युथ एफ सी ले  चमैता एफ सी को सामना गर्नेछ।

दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष  सुवास गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...