साझा अक्षर

खुल्ला पुरुष फुटबल प्रतियोगिता: हिजो रोकिएका दुई खेल आज हुँदै

 

एकतप्पा चैत्र २९  खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ पोखरी युथ क्लब  फाकफोकथुम ६ को आयोजनामा सञ्चालन भइरहेको खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिजो रोकिएका दुई क्वार्टर फाइनलका खेलहरु आज सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष सुवास गुरुङले जानकारी दिएका छन्।

नियमित तालिका अनुसार हिजोका खेलहरू अविरल वर्षाका कारण रोकिएका थिए। दोस्रो क्वार्टर फाइनलका खेल अन्तर्गत आज पहिलो खेल दानाबारी एफसीले द बोइज आमचोकको सामना गर्दा दोस्रो खेलमा आयोजक पोखरी युथ क्लबले चमैता एफसीको सामना गर्नेछ

तालिका अनुसार आज र भोलि एकएक सेमिफाइनलका खेलहरू रहे पनि वर्षाका कारण खेल रोकिन पुगेकाले सेमिफाइनलका दुवै खेल भोलि चैत्र ३० गते हुने समितिका अध्यक्ष गुरुङले जानकारी दिएका छन्

प्रतियोगिताको फाइनल खेल वैशाख १ गते हुनेछ। विजेताले ५१ हजार१ सय ५१ रुपैयाँ आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३१हजार १ सय ३१ रुपैयाँ आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुले पनि ट्रफी प्राप्त गर्नेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...