Skip to main content

साझा अक्षर

खुल्ला पुरुष फुटबल नकआउट प्रतियोगिता: उपाधिकालागि टि. वाइ. सी मङ्गलबारे र दानाबारी भिड्ने

 

 

एकतप्पा चैत्र ३१ । इलामको फाकफोकथुम ६ एकतपामा जारी खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको  उपाधिका लागि  माई नगरपालिकाको दानाबारी एफसी र देउमाई नगरपालिकाको टि. वाइ. सी. मङ्गलबारे भिड्ने भएका छन ।

आइतबार जानकी मावि  पोखरीको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पोखरी युथ क्लबलाई टाइ ब्रेकरमा पराजित गर्दै टिवाईसी मङ्गलबारेले  उपाधि भिडन्तमा दानाबारी एफसी संगको भेट पक्का गरेको हो ।

निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेसँगै खेलको निर्णयकालागि टाइब्रेकरसम्म पुग्नुपरेको हो। टाइब्रेकरमा आयोजकलाई निराश बनाउँदै टीवाइसी मङ्गलबारेले दानाबारी एफसीसँगको फाइनल प्रतिस्पर्धा पक्का गरेको छ।

दानाबारी  एफसीले पहिलो सेमिफाइनलमा  फुङ्बा एप्सीलाई ट्राइबेकरमा नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

पोखरी युथ क्लबको आयोजनामा चैत्र २३ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल २०८२ वैशाख १ गते भोलि हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १सय ५१ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता हुने टोलीले ३१ हजार १सय ३१ रुपैयाँ आकर्षक ट्रफी  मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष टंक गुरुङ (सुबासले) जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...