Skip to main content

साझा अक्षर

खुल्ला पुरुष फुटबल नकआउट प्रतियोगिता: उपाधिकालागि टि. वाइ. सी मङ्गलबारे र दानाबारी भिड्ने

 

 

एकतप्पा चैत्र ३१ । इलामको फाकफोकथुम ६ एकतपामा जारी खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको  उपाधिका लागि  माई नगरपालिकाको दानाबारी एफसी र देउमाई नगरपालिकाको टि. वाइ. सी. मङ्गलबारे भिड्ने भएका छन ।

आइतबार जानकी मावि  पोखरीको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पोखरी युथ क्लबलाई टाइ ब्रेकरमा पराजित गर्दै टिवाईसी मङ्गलबारेले  उपाधि भिडन्तमा दानाबारी एफसी संगको भेट पक्का गरेको हो ।

निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेसँगै खेलको निर्णयकालागि टाइब्रेकरसम्म पुग्नुपरेको हो। टाइब्रेकरमा आयोजकलाई निराश बनाउँदै टीवाइसी मङ्गलबारेले दानाबारी एफसीसँगको फाइनल प्रतिस्पर्धा पक्का गरेको छ।

दानाबारी  एफसीले पहिलो सेमिफाइनलमा  फुङ्बा एप्सीलाई ट्राइबेकरमा नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

पोखरी युथ क्लबको आयोजनामा चैत्र २३ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल २०८२ वैशाख १ गते भोलि हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १सय ५१ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता हुने टोलीले ३१ हजार १सय ३१ रुपैयाँ आकर्षक ट्रफी  मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष टंक गुरुङ (सुबासले) जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...