साझा अक्षर

बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रकाश बानियाँ

झापा। । बानिया बन्धु समाज, झापाले एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।समाजले नयाँ वर्ष २०८२ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो।

सोही अवसरमा बानियाँ समाजको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड राख्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ।

कार्यक्रमसँगै आयोजित बैठकमा समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विषयमा त्यसैगरी आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा लगायतका विविध विषयमा छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताएका छन्।

कार्यक्रम अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी वर्ग तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बानियाँले गरेका थिए ।

समाजले नयाँ वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण सदस्यहरूमा सुख, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...