Skip to main content

साझा अक्षर

प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

 

बिर्तामोड वैशाख ८।।  स्यालडाँगी युवा क्लबको आयोजनामा  प्रथम स्यालडागी नकआउट फुटबल कप प्रतियोगिता आजबाट सुरु हुँदैछ।

स्यालडाँगी युवा परिवारद्वारा आयोजित उक्त प्रतियोगिता बिर्तामोड ६ स्थित स्यालडाँगी खेलमैदानमा हुनेछ ।प्रतियोगिता  बैशाख ८  गते आज देखि १५ गतेसम्म सञ्चालन हुनेछ

प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच  विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबाले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा इलाम र झापाका  गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने संस्थाका अध्यक्ष विजय तामाङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा सृजनशील युवा क्लब बुद्धशान्तिले आयोजक स्यालडाङ्गी युवा क्लबको सामना गर्नेछ।

आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताअन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याच, उत्कृष्ट गोलकिपर, प्लेयर अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

स्थानीय स्तरमा रहेका फुटबल खेलाडीहरूलाई उत्पादन गर्ने र स्थानीय स्तरबाट फुटबल खेल विकास गर्ने उद्देश्य सहित यो प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष विजय तामाङले जानकारी दिए।

स्थानीय स्रोत साधन र विभिन्न व्यक्तिहरूको सहयोगबाट यो प्रतियोगिता आयोजना गरिएको र अझै पनि सहयोग गरी यो प्रतियोगितालाई सफल पारिदिन सम्पूर्ण  खेलप्रेमी महानुभावहरू समक्ष आयोजक कमिटीले आग्रह समेत गरेका छन।

यो प्रतियोगिताको सम्पूर्ण खेलहरू partNepal को फेसबुक पेजबाटबाट प्रत्यक्ष प्रसारण हुनेछन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...