Skip to main content

साझा अक्षर

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाटन खेलमा विभागीय टोली एपीएफ पकलीले धरान एन्फा एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए। दोस्रो हाफमा भने एपीएफले खेलमा आफ्नो नियन्त्रण बढाउँदै निर्णायक गोल गर्न सफल भयो। खेलको ६०औँ मिनेटमा श्याम मुर्मुले गरेको आकर्षक गोल नै एपीएफलाई सेमिफाइनल पुर्‍याउन पर्याप्त बन्यो। त्यसपछि धरानले खेलमा फर्कने प्रयास गरे पनि एपीएफको बलियो रक्षापङ्क्ति तोड्न सकेन।

निर्णायक गोल गरेका मुर्मु खेलको प्लेयर अफ द म्याच घोषित  भए उनलाई कोशी प्रदेश खेलकुद संघका  अध्यक्ष किशोर राई र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामाले नगद २५०० र ट्रफी प्रदान गरे।

प्रतियोगिता अन्तर्गत आइतबार हुने  खेलमा उपाधिको दाबेदार मानिएको बिर्तामोड युनाइटेड (झापा) र भारतको जिएफसी कालेम्पोङ आमनेसामने हुनेछन्। दुवै टिममा अनुभवी तथा नाम चलेका खेलाडी भएकाले  को खेल अझ रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

काकरभिट्टा युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता फाइनल खेल साउन १६ गते हुनेछ। विजेताले रु. १ लाख १ हजार १०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार ५५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी तथा नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष अनिल गुप्ताले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...