Skip to main content

साझा अक्षर

सरकारी नीतिहरूका कारण व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घको चिन्ता…. 

काठमाडौं।। नेपाल औषधि व्यवसायी सङ्घले सरकारी नीतिहरूका कारण औषधि व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले औषधि आपूर्ति तथा वितरण प्रणाली अव्यवस्थित भएको र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको हो।

सङ्घका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अत्यावश्यक औषधिहरूको खरिद र व्यवस्थापनमा देखिएको अव्यवस्था, ढिलासुस्ती र निर्णय प्रक्रियाको अस्पष्टताले औषधि व्यवसायीहरू समस्यामा परेका छन्।

औषधि आपूर्ति तथा वितरणको जिम्मेवारी प्रदेश सरकार र स्वास्थ्य बीमा बोर्डमार्फत गरिँदै आएको भए पनि पूर्वतयारी विना सञ्चालन गर्दा औषधिको सहज उपलब्धता रोकिएको सङ्घले जनाएको छ।

सङ्घले सरकारको ुरिर्जभ एन्टीयोटिकु का सम्बन्धी नयाँ नियमले समस्या झन् जटिल बनाएको उल्लेख गरेको छ।

नयाँ नियमअनुसार अस्पताल फार्मेसीमार्फत मात्र यस्ता औषधि विक्री गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले सर्वसाधारणले समयमै चाहिने औषधि पाउन नसक्ने अवस्था निम्त्याएको सङ्घको भनाइ छ।

यस्तै, औषधि व्यवसायलाई पुनः व्यवस्थित नगरी स्वास्थ्य सेवा सुधार सम्भव नरहेको भन्दै सङ्घले सरकारलाई निजी क्षेत्रसँग सहकार्य गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ।औषधि आपूर्तिमा देखिएको समस्याले विशेष गरी स्वास्थ्य बीमा योजना अन्तर्गतका सेवाग्राहीहरू प्रत्यक्ष प्रभावित हुने सङ्घले चेतावनी दिएको छ।

सङ्घले औषधि व्यवसायीहरूलाई अवमूल्यन गर्ने नीतिहरू सच्याउन र सबै पक्षको समन्वयमा औषधि आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...