Skip to main content

साझा अक्षर

सरकारी नीतिहरूका कारण व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घको चिन्ता…. 

काठमाडौं।। नेपाल औषधि व्यवसायी सङ्घले सरकारी नीतिहरूका कारण औषधि व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले औषधि आपूर्ति तथा वितरण प्रणाली अव्यवस्थित भएको र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको हो।

सङ्घका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अत्यावश्यक औषधिहरूको खरिद र व्यवस्थापनमा देखिएको अव्यवस्था, ढिलासुस्ती र निर्णय प्रक्रियाको अस्पष्टताले औषधि व्यवसायीहरू समस्यामा परेका छन्।

औषधि आपूर्ति तथा वितरणको जिम्मेवारी प्रदेश सरकार र स्वास्थ्य बीमा बोर्डमार्फत गरिँदै आएको भए पनि पूर्वतयारी विना सञ्चालन गर्दा औषधिको सहज उपलब्धता रोकिएको सङ्घले जनाएको छ।

सङ्घले सरकारको ुरिर्जभ एन्टीयोटिकु का सम्बन्धी नयाँ नियमले समस्या झन् जटिल बनाएको उल्लेख गरेको छ।

नयाँ नियमअनुसार अस्पताल फार्मेसीमार्फत मात्र यस्ता औषधि विक्री गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले सर्वसाधारणले समयमै चाहिने औषधि पाउन नसक्ने अवस्था निम्त्याएको सङ्घको भनाइ छ।

यस्तै, औषधि व्यवसायलाई पुनः व्यवस्थित नगरी स्वास्थ्य सेवा सुधार सम्भव नरहेको भन्दै सङ्घले सरकारलाई निजी क्षेत्रसँग सहकार्य गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ।औषधि आपूर्तिमा देखिएको समस्याले विशेष गरी स्वास्थ्य बीमा योजना अन्तर्गतका सेवाग्राहीहरू प्रत्यक्ष प्रभावित हुने सङ्घले चेतावनी दिएको छ।

सङ्घले औषधि व्यवसायीहरूलाई अवमूल्यन गर्ने नीतिहरू सच्याउन र सबै पक्षको समन्वयमा औषधि आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...