Skip to main content

साझा अक्षर

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर सार्वजनिक विदा

 

झापा वैशाख १८ ।। आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसकै सन्दर्भमा बिहीबार नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

सन् १८८६ मा मजदुर आन्दोलन चर्किदै गर्दा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम बिस्फोट भयो । सो बम विष्फोट कसले गराएको भन्न नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

विश्वभर मजदुरहरुले यो दिवसलाई विशेष पर्वकारुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकुल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चिताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

नेपालमा भने विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ पछि यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसका सन्दर्भमा विभिन्न मजदुर संघ संगठनहरूले कार्यक्रम गरी मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...