साझा अक्षर

झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापा। ।झापामा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन्।

बिर्तामोडमा आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका हुन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वाद कार्यक्रमको आयोजना गरेको थियो सोहि कार्यक्रममा सहभागी राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका हुन्।

कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष, बेदराज रेग्मीले ५ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

जनता समाजवादी पार्टी झापाका अध्यक्ष समर राई, जनमत पार्टी झापाका अध्यक्ष भोटुलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टी झापाका अध्यक्ष बिरबहादुर खवास, नेपाल कम्युनिष्ट पार्टी झापा इन्चार्ज सुमन सिंह सिले संयुक्त रुपमा प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुव्रत न्यौपानेले गरेका थिए भने सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

प्रेस स्वतन्त्रताका लागि  साझा प्रतिवद्धता

१)  संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौं ।  साथै प्रेस स्वतन्त्रताको सम्मान , रक्षा र कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदछौं ।

२)  राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानूनहरु पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौं । साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानून निर्माण र कार्यान्वयन गर्न अपिल गर्दछौं ।

३) २०८१÷१२÷१५ गते काठमाडौंको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार र क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।

४) पत्रकारको क्षमता वृद्धि तथा पत्रकार महासंघको संस्थागत विकास गर्दै मर्यादित र व्यावसयिक पत्रकारिताको विकासका लागि महासंघ र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिंदै त्यसका लागि राजनीतिक दलहरुको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

५)  झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको वृद्धिका लागि झापाका राजनीतिक दलहरुको तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोषमा सहयोगका लागि सबै पक्षलाई अपिल गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...