Skip to main content

साझा अक्षर

बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

 

बिर्तामोड वैशाख २१ ।।  झापाको बिर्तामोडमा  जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बिर्तामोड नगरपालिका वार्ड नं ५ मा अवस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा हिजो राति सम्पन्न प्रिक्वार्टर फाइनल र क्वार्टर फाइनल सकिएसँगै आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् ।

प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र सिलिगुडीको नेताजी युथ क्लबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेल धराने डर्बी योङ युथ एफसी र यती एफीले आपसमा प्रतिस्पर्धा गर्ने छन् ।

आयोजकले मार्क्स एफसी सिलिगुडी र नेताजीले शनिश्चरे एफसीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । त्यस्तै, योङ युथले आयोजक बि र यतीले आदर्श मैदान ए लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउने आयोजकका अध्यक्ष सञ्जीव प्रसाईंले बताए ।

प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहेको सेन्टरका सञ्चालक गणेश कटवालले जानकारी दिए । झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ । प्रतियोगिता बिर्तामोड–६ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...