साझा अक्षर

निलसरी च्यालेन्ज कप: रेड हर्ष इलाम सेमिफाइनल प्रवेश

 

झापा वैशाख २४ ।।झापाको मेचीनगर ७ जोरसिमलमा जारी निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा जीत निकाल्दै रेड हर्स फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ।

आज भएको  खेलमा धरान सिटी फुटबल क्लब सुनसरीलाई  हराउँदै रेड हर्स फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको हो।

मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा  भएको  खेलमा धरान सिटी फुटबल क्लब सुनसरीलाई  २–१ गोल अन्तरले पराजित गर्दै रेड हर्स फुटबल क्लब इलामले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

खेलमा  दिपेश राई र सन्देश खवासले एक एक गोल गरे। राईले पहिलो हाफको ४२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्तिम मिनेटमा दिपेश राईकै असिस्टमा सन्देश खवासले  गोल गर्दै टिमको जित सुनिश्चित गरे

पराजित धरान सिटी फुटबल क्लबकालागि मिजास लिम्बुले दोस्रो हाफको अन्तिम समयमा एक गोल गरेपनि जितका लागि पर्याप्त भएन।  पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलमा नै हार बेहोर्दै घर फर्किएको छ

खेलको प्लेयर अफ द म्याच विजेता रेड हर्स फुटबल क्लब इलामका दिपेश राई  भए । उनले नगद  २५०० र ट्रफी पाए । उनलाई कार्यक्रमका प्रमुख अतिथि  बागमती प्रदेशका पूर्व प्रमुख मेचीनगरका अग्रज राजनीतिज्ञ विष्णु प्रसाईले  पुरस्कार प्रदान गरे । म्यान अफ द म्याचको पुरस्कार स्थानीय समाजसेवी सन्तोष मेचेले सौजन्य गरेका हुन्।

भोलिको तेस्रो क्वाटरफाइनल खेल आयोजक जोरशीमल युवा क्लब मेचीनगर र उर्लाबारी युथ क्लब मोरङ बीच हुनेछ।

नेपाल र भारतका गरी कुल आठ टिम सहभागी रहेको  प्रतियोगिताको फाइनल खेल वैशाख ३० गते हुनेछ  प्रतियोगिताको विजेताले नगद २ लाख  रुपैयाँ र उपविजेताले एक लाख  रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५००सय  र ट्रफी पाउनेछन् । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद र ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष मेचेले जानकारी दिएका छन्।

प्रतियोगिता नीलसरी महोत्सव २०८२ को अवसरमा जोरसिमल मेचे समाज विकास समितिले आयोजना गरेको हो। उक्त महोत्सवमा फुटबल प्रतियोगिता साथै आदिवासी जनजातिको रैथाने खाना स्टल, सांस्कृतिक कार्यक्रम र आँखा शिविरको समेत आयोजना गरिएको  अध्यक्ष मेचले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...