Skip to main content

साझा अक्षर

ट्राफिक प्रहरीलाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान

 

बिर्तामोड, १ जेठ : बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाईजर र गोप्रो क्यामेरा १/१ थान हस्तान्तरण गर्नु भएको हो ।

नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन परीक्षण तथा निगरानी कार्यमा थप सहज हुने बताउनु भयो । दुर्घटना न्युनिकरणमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बिर्तामोडको ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो ।

झापा ट्राफिक प्रहरीसंग ब्रेथलाईजर, क्यामेरा, राडरगन लगायतका आवश्यक सामाग्री प्रयाप्त नहुँदा दैनिक क्रियाकलापमा असहज हुनेगरेको छ । बिर्तामोड नगरपालिकाले करिब २ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शाखा अधिकृत मेघराज वाँस्तोलालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...