Skip to main content

साझा अक्षर

मङ्गल एकता टोलको सरसफाई कार्यक्रम सम्पन्न

 

बिर्तामोड जेठ १० ।। मङ्गल एकता टोल विकास संस्थाले एक दिने टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको मङ्गल एकता टोल विकास संस्थाले ”आफ्नो गाउँ आफैं बनाउँ सुरुवात आफैँबाट गरौँ ” भन्ने मुख्य नाराका साथ टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको हो।

सरसफाई अन्तर्गत मङ्गल एकता टोलमा पर्ने बाटोको दायाँबायाँको झाडी सरसफाई गर्नुको साथै बर्खा यामलाई मध्यनजर गर्दै उक्त बाटोमा पर्ने नाली समेत सरसफाई गरिएको छ।

सरसफाईका लागि टोलबासीहरू स्वतफुर्त रुपमा सरसफाईका लागि आवश्यक पर्ने औजारहरू सहित उपस्थित भएका थिए। सानोसानो कामको लागि पनि स्थानीय तहको आस गर्ने बानीको अन्त्य गर्न समेत यो सरसफाई कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बमबहादुर कार्कीले बताएका छन्।

टोल सुधार समितिको यसअघि बसेको बैठकले हरेक महिनाको एक दिन टोल सरसफाई र अन्य कार्यक्रमहरू गर्ने निर्णय समेत गरेको छ। यसै अनुरूप महिनाको एक दिन सम्पूर्ण टोलबासीहरूलाई उपस्थित भएर आफ्नो टोल आफै बनाउन श्रमदानमा सहभागी हुन समेत आग्रह गरिएको छ।

टोल सुधार समितिको अग्रसरतामा यसअघि टोलका केही भागमा सडक बत्ती जडान गरिसकिएको र बाँकी रहेका स्थानमा पनि चाँडै सडक बत्ती जोडिने बर्खायामलाई मध्यनजर गर्दै पानी जम्ने सडकहरुमा पुरुवा लगाउने सरसफाई गर्ने लगायतका कार्यक्रमहरु तय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम भोटेटार भेट्रान्स कप आजबाट सुरु: उद्घाटन खेलमा चारपाने भेट्रान्स विजयी

झापा । बुधबारे जेसीज प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा चारपान...

कालिटार युवा समाज कप : रोङ–१ र रोङ–५ उपाधिका लागि भिड्ने

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ बीच प्रतिस्पर्धा हुने भ...

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...