Skip to main content

साझा अक्षर

कालिटार युवा समाज कप : रोङ–१ र रोङ–५ उपाधिका लागि भिड्ने


इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ बीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

रोङ गाउँपालिका–४ स्थित सिसौबोटे खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा रोङ–५ ले याङ्ग्री एफसी रोङ–३ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
खेलमा सुरुदेखि नै दबाब बनाएको रोङ–५ ले उत्कृष्ट प्रदर्शन गर्दै एकपक्षीय जित निकालेको थियो। याङ्ग्री एफसीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा सेमिफाइनलबाटै प्रतियोगिताको यात्रा टुंग्याउनुपरेको छ। प्रभावशाली जित निकाल्दै रोङ–५ फाइनल प्रवेश गरेको हो।


यस्तै, दोस्रो सेमिफाइनलमा रोङ–१ खेलकुद विकास समितिले न्यू स्टार क्लब भोटेटारलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा रोङ–५ सँगको भेट पक्का गरेको हो।
निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। निर्धारित समयमा दुवै पक्षले गोलका लागि आकर्षक अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दुवै टोलीबाट अनुभवी तथा चर्चित खेलाडीहरू मैदानमा उत्रिए पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट टुंगिएको हो।
टाइब्रेकरमा न्यू स्टार क्लब भोटेटारलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै रोङ–१ खेलकुद विकास समितिले उपाधि भिडन्तमा स्थान बनायो।


कालिटार युवा समाजको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा झापा र इलामका १६ टोलीको सहभागिता रहेको थियो। स्थानीय स्तरबाटै फुटबलको विकास गर्ने, खेलाडीको प्रतिभा उजागर गर्ने तथा कालिटार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।


‘खेलकुदले जोड्छ समाजलाई’ भन्ने मुख्य नाराका साथ सञ्चालित प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक १५ गते हुनेछ। उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ आमनेसामने हुनेछन्।


प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका खेलहरू गेम अफ नेपालको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम भोटेटार भेट्रान्स कप आजबाट सुरु: उद्घाटन खेलमा चारपाने भेट्रान्स विजयी

झापा । बुधबारे जेसीज प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा चारपान...

कालिटार युवा समाज कप : रोङ–१ र रोङ–५ उपाधिका लागि भिड्ने

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ बीच प्रतिस्पर्धा हुने भ...

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...