Skip to main content

साझा अक्षर

तराईमा गर्मी बढेसँगै सर्पको बिगबिगी ! विराटनगरमा भेटियो। दुर्लभ प्रजातिको कोब्रा

 

झापा जेठ १४ ।। तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी पनि बढ्दो छ। यसै क्रममा विराटनगरमा  परैबाट विष फाल्ने दुर्लभ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो ।

यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङ कार्यालय पठाइएको छ । वन कार्यालय ल्याएर सुरक्षित राख्ने क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ ।

विराटनगर महानगरपालिकाका उद्धारकर्ता घिमिरे हाल कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षको स्वास्थ्य निगरानीमा रहेका छन् ।

चिकित्सकका अनुसार यो सर्पको विष अनुहार तथा आँखामा परे गम्भीर असर गर्नसक्छ । विराटनगरका अन्य स्थापनमा पनि यस्ता सर्प फेला परे खबर गर्न महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचित गरेको छ ।

तराई मधेसमा गर्मी मौसममा सर्पदंशको जोखिम बढ्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...