Skip to main content

साझा अक्षर

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड  नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।
जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको छ ।
झापा प्याब्सनको सम्पन्न बैठकले प्राज्ञिक सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा मोहन सुब्बा, गुरुभक्त न्यौपाने, राम सिटौला, अमृतवहादुर बुढाथोकी, अखिल कोइराला, जर्नादन ढकाल र हरि अधिकारी रहेका छन् ।
त्यस्तै साँस्कृतिक कार्यक्रम उपसमिति संयोजकका रुपमा  हरिकृष्ण पठक चयन भएका छन् । समितिको सदस्यहरुमा याम दंगाल, वदीराम राई, अनुप रोय, जर्नादन मैनाली, मिलन श्रेष्ठ, समिक्षा गौतम रहेका छन् । समितिले पालिका तथा जिल्ला स्तरीय विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने गराउने छ ।
यता लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा इसीए उपसमिति गठन भएको छ । समितिमा टेकनाथ तिम्सिना र धनप्रसाद राजवंशी सदस्य रहेका छन् ।
अमृतकुमार तिम्सिनाको संयोजकत्वमा खेलकुद उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा बिक्रम क्षेत्री, विनोद उप्रेती, दिपक संग्रौला,  गणेश श्रेष्ठ, विनोद वुढाथोकी, सिताराम बराल, लीलामणि राई र कल्पना थापा रहेका छन् ।
जीवन शिवाकोटीको संयोजकत्वमा तालिम उपसमिति गठन भएको छ । समितिको सदस्यहरुमा भवानीप्रसाद पाठक, सुरेन्द्र खरेल, उत्तम खनाल, डम्वरु रुचाल रहेका छन् ।
यता भीम विजय वास्तोलाको संयोजकत्वमा लेखा उपसमिति गठन भएको छ । जसको सदस्यमा गोकुल उप्रेती र प्रमिला बजगाई रहेका छन् ।
विनोद सुब्बाको संयोजकत्वमा विवद समाधान उपसमिति गठन भएको छ । जसको सदस्यमा तीलक पाख्रिन, रामप्रसाद सुहाङ्ग , रुद्र सिटौला, भोजवहादुर कार्की , विष्णु सापकोटा, र मोहन थापा रहेका छन् ।
यस अघि प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय सचिवालय, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको संयोजकत्वमा परीक्षा उपसमिति र सचिव लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय सूचना तथा सञ्चार उपसमिति गठन भएको थियो ।
प्याब्सन झापाले हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा पालिका स्तरीय ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ ।
सामाजिक कार्यमा ‘संस्थागत विद्यालय’ र ‘विपदमा प्याब्सन’ भन्ने नारा सहित अति विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण लगायतका काम गर्दै आएको छ । यसका साथै निजी द्यिालयहरुको संरक्षण, शिक्षक साथै कर्मचारीहरुको पेशागत हित , विद्यार्थीलाई समय सापेक्ष  र गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल जनशक्ति उत्पादनका लागि सृजनात्कम काम गर्दै आएको प्याब्सन झापका अध्यक्ष छत्रवहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...