झापा जेठ २८ ।। हात्ती छेक्न आफैले लगाएको तारबारमा प्रबाह गरेको करेन्ट मा पारेर झापाको कचनकवलमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय किर्खनाथ खनालललाई आज बिहान ८:३० बजेआफ्नै बारीमा बाख्रा चराउनदा विद्युत प्रवाह भएको तारमा तारबारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

