Skip to main content

साझा अक्षर

मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण

 

बिर्तामोड, ८ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।

आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिनुभयो। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उहाँले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गर्नुभयो।

त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा कक्षा कोठामा बसून्, पोशाक हुने र नहुने विद्यार्थीबीच भेदभाव नहोस्, र शिक्षण–सिकाइमा सुधार होस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि पोशाक वितरण कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले नगरपालिकाले विद्यालय सञ्चालनमा वार्षिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। उहाँले गएको वर्षदेखि एक जना बालशिक्षकको समेत व्यवस्था गरिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा सम्पन्न उक्त पोशाक वितरण कार्यक्रममा मुस्लिम धर्मगुरु मोहमद सज्जादले दुआ पढ्नुभएको थियो। मदरसा तालिमुल कुरान धार्मिक विद्यालय हो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ। चालू आर्थिक वर्षमा १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...