Skip to main content

साझा अक्षर

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको नि:शुल्क दन्त परीक्षण

 

बिर्तामोड ।।  झापाको बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको नि:शुल्क दन्त परीक्षण गरिएको छ ।

लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्कन मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण गरिएको सञ्चालक पौडेलले बताए

स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा.आस्मा भट्टराईले नेतृत्वको टोली बालबालिकाको दाँत परीक्षण गरेको थियो ।

डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको अभिभावकलाई जानकारी गराएकी थिइन् । बालबालिकामा देखिएको दाँतको समस्यालाई बेलैमा पहिचान गरेर उपचार गर्नुपर्ने उनले बताएकी छन् ।

उक्त दन्त शिविरमा डेन्टल असिस्टेन्ट बिनीता तामाङ र लोक स्वास्थ्य डेन्टलका व्यवस्थापक पंकज प्रसाईंले सहजीकरण गरेका थिए । स्कुलमा अध्ययनरत बालबालिकाका अभिभावकसमेत दन्त परीक्षणमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...