Skip to main content

साझा अक्षर

अर्जुनधारामा सामूहिक कुटाइबाट महिलाको मृत्यु, श्रीमानसहित पाँच पक्राउ।

 

झापा असार २५ ।। अर्जुनधारा नगरपालिका वडा नम्बर ८ सनिश्चरे बजारमा महिलाहरूको सामूहिक कुटाईबाट अर्की एक महिलाको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका वार्ड नं ४ भाङवारी घर भई ८ नम्बर वडा शनिश्चरे क्याम्पस नजिक डेरा गरी  बस्ने  २२ बर्षिया युवती गंगा राईको मृत्यु भएको हो।

आफ्ना पति गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको

क्रममा सोही अस्पतालमा बिहान १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिताका पति रमेश भुसाललाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...