Skip to main content

साझा अक्षर

सरकारी कार्यालयमा पनि विद्युतीय भुक्तानी (Q R) प्रणाली लागू हुने

 

झापा असर ३० ।। साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णत विद्युतीय भुक्तानी कायम हुने भएको छ। याे व्यवस्थासँगै अब सरकारी काराेबार नगदरहित हुने भएकाे छ।

गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन अर्थमन्त्रालयले सरोकारवाला निकायहरूलाई परिपत्र जारी गरेको छ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष अर्थात साउन १ गते लागू हुने गरी सबै सरकारी निकायलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गर्ने सम्बन्धमा सूचना जारी गरेको हो।

मन्त्रालयले सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, सार्वजनिक संस्थानहरू, बोर्ड/समिति/ प्रतिष्ठान सबै संस्थाहरू विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन भनेको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आवद्ध गर्ने नीतिगत व्यवस्था गरेको (बुँदा नम्बर ३३५) बेहोरामा उल्लेख गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...