साझा अक्षर

किसानलाई समर्थन मूल्य प्रदान

 

बिर्तामोड, १६ साउन : बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई आज समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ ।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

समर्थन मूल्य प्राप्त गर्ने कृषकहरु मध्ये सबै भन्दा थोरै २ सय ८ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ का रविन बराल र सबै भन्दा धेरै ५ लाख ३४ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ कै
प्रदिप खनाल रहनु भएको छ । समर्थन मूल्यको भुक्तानी कार्यविधि माघ १५ गते बसेको कार्यपालिका बैठकबाट पास गरेर रकम भुक्तानी गरिएको हो ।

नगरका कृषिशाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाका अनुसार एक वर्षको अवधीमा मुख्य संकलन केन्द्रबाट ७३ लाख २३ हजार ५ सय ४० रुपैयाँ बराबरको तरकारी बिक्री गरेको छ । यस अवधिमा संकलन केन्द्रमा विभिन्न प्रकारका २ लाख ७६ हजार ३ सय २४ किलो तरकारी प्राप्त भएको छ ।

कार्यक्रममा आवद्द व्यवसायिक तरकारी उत्पादन गर्ने कृषकको संख्या १ सय १७ जना छ । जसमध्ये मुख्य संकलन केन्द्रमा तरकारी विक्री गर्ने कृषकको संख्या ६७ जना छ । बिर्तामोडमा तरकारीको न्युनतम समर्थन मूल्य प्रतिकिलो काउली २६, बन्दा २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौंला २६, करेला ३२, भाण्टा २६, सिमी ४६, काँक्रा २५, भिण्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेडे खुर्सानी ५१, बोडी ३०, लौका २७ टमाटर ३० रुपैंया छ ।

बिर्तामोडमा गएको आर्थिक वर्षदेखि ‘पारीको होइन बारीको खाउँ’ भन्ने मुख्य नाराका साथ एउटा मुख्य संकलन केन्द्र र विभिन्न वडामा गरेर ७ वटा विक्री केन्द्र सञ्चालनमा छन् । तरकारी उत्पादनमा मुख्य जोड दिएको बिर्तामोड नगरपालिकाले तरकारी ढुवानीको लागि २६ लाख रुपैयाँमा कृषि एम्बुलेन्ससमेत खरिद गरिसकेको छ । यसमा संघिय सरकार र बिर्तामोड नगरपालिकाको बराबर लगानी छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषकहरुलाई निरन्तर तरकारी उत्पादनमा प्रेरित गर्नका लागि नगरपालिकाले समर्थन मूल्य तोकेर वितरण सुरु गरेको बताउनु भयो । भारतबाट र नेपालकै पहाडी जिल्लाहरुबाट आएको तरकारीमा अत्याधिक मात्रामा विषादी भेटिएकोले कृषकहरुलाई विषादी न्युनिकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिन आग्रह गर्नु भयो । विषादी हालिएका तरकारीबाट मानव स्वास्थ्यमा गम्भिर असर गर्ने, प्राणघातक रोगहरुको सिकार हुने भएकोले सबै सचेत हुनसमेत आग्रह गर्नु भयो । उहाँले नगरपालिकाको तर्फबाट कृषकहरुको लागि तालिमसंगै विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ७ का कृषक श्याम पकुवालले नगरपालिकाले प्रदान गरेको समर्थन मूल्यले कृषकहरुलाई सहयोग पुगेको बताउनु भयो । उहाँले नगरपालिकाले सहयोग उपलव्ध गराएर तरकारी उत्पादन बन्द गर्ने अवस्थामा पुगेका कृषकहरुलाई राहत पुगेको धारणा व्यक्त गर्नु भयो ।

कार्यपालिका सदस्य तथा कृषि विकास शाखा संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र,
कृषि विज्ञ राजेन्द्र प्रसाद उप्रेती, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम झापाका प्रमुख रविन्द्र सुवेदी लगायत जनप्रतिनिधि तथा कृषकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...