साझा अक्षर

शुक्रबारदेखि हराइरहेका दुई बालबालिका खोलामा मृत अवस्थामा फेला

 

झापा साउन १९ ।। पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँमा गत शुक्रबारदेखि बेपत्ता भएका दुई बालबालिकाको शव खोलामा मृत अवस्थामा फेला परेको छ।

बुधबार बिहान ६ वर्षीया नमुना राई र उनका दाजु ९ वर्षीय शिशिर राईको शव बिरुवा खोलामा फेला परेको इलाका प्रहरी कार्यालय च्याङथापुका प्रमुख भीम थेवेले जानकारी दिए।

स्थानीयवासीले बिहान नमुनाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनका दाजु शिशिरको शव पनि सोही खोलामा करिब २०० मिटर तल फेला परेको हो।

प्रहरीका अनुसार बालबालिका नजिकैको खोलाको दहमा पौडी खेल्न गएका बेला खोलाले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा बाटोबाट किताबहरू छरिएको अवस्थामा भेटिएकाले उनीहरू विद्यालय जान लाग्दा नै सो स्थानतर्फ गएका देखिएको प्रहरीको भनाइ छ।

गत शुक्रबार बिहान विद्यालय जान घरबाट निस्किएका दुवै जना त्यसपछि सम्पर्कविहीन थिए। उनीहरू स्थानीय बिर्ख बहादुर राईका सन्तान हुन्। उनीहरूले पढ्ने पूर्ण आधारभूत विद्यालय घरबाट करिब १५ मिनेट उकालोमा रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...