बिर्तामोड साउन २१ ।। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसको बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको सो विषयमा जानकारी दिएको हो ।

‘सुशासन र रोजगारी समाजवादको तयारी ’विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हो । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ ।

पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताए । पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि शेयर, भ्यूज र लाइकको आधारमा उत्कृष्टता मापन गर्ने छ ।

भदौ ८ गते विहान १० बजेभित्र उक्त कन्टेन्टको शेयर, भ्यूज र लाइकको आधारमा ५० प्रतिशत र निर्णयक मण्डलले प्रस्तुतिको आधारमा ५० प्रतिशत अंकभारका आधारमा उत्कृष्ट छनोट गर्ने उनले बताए ।

पार्टीको स्थापना दिवस भदौ ९ गते आयोजना गरिने कार्यक्रममार्फत सो प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिने  छ ।

पत्रकार सम्मेलनमा झापा पार्टीका अध्यक्ष भट्टराई, पूर्व अध्यक्ष वेदराज रेग्मी, कोशी प्रदेश सचिवालय सदस्य शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन झापाका अध्यक्ष गोविन्द ल्वागुनले गरेका थिए ।