Skip to main content

साझा अक्षर

शिक्षा विधेयक प्रति प्याब्सनको असहमति,देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

झापा।।  सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो ।

सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीले आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै आन्दोलनलाई उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला तह र पालिका स्तरमा केन्द्रले तय गरेका कार्यक्रम गर्दै आन्दोलनलाई उचाइमा पु¥याउने अध्यक्ष कार्कीको भनाई छ ।

प्याब्सनले साउन  २९ गते विहीबार विहान ११ बजे पत्रकारहरूको उपस्थितिमा स्थानीय तहका अध्यक्ष÷मेयर र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउने , साउन  ३० गते शुक्रबार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय मितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने भदौ १ गते आइतबार प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने भदौ २ गते  आ आफ्नो निर्वाचन क्षेत्रका सङघीय प्रतिनिधि सभा÷राष्ट्रिय सभा) सांसदहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अघि सारेका छन् ।

त्यस्तै भदौ २ गते सोमबार ६ ः ३० वजे बेलुका सुझाव सङ्कलनका लागि राष्ट्रिय परिषदको जुम बैठक बस्ने , भदौ ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने , ४ गते प्रत्येका जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ,  ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने भदौ  ६ र ७ केन्द्र÷प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम प्याब्सनले सार्बजनिक गरेको छ ।

उक्त समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया गर्ने बताइएको छ ।
प्याब्सन र एनप्याब्सनले पहिलो चरणको आन्दोलनपछि पनि माग बेवास्ता भए दोस्रो चरणको कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

विधेयकमा रहेको क्रमशः गैरनाफामूलक बनाईनेछ भन्ने प्रावधान, १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था, किताब, पोशाक, खाना, यातायात र होस्टलको अनिवार्य व्यवस्था जस्ता प्रावधानहरू कार्यान्वयन अयोग्य भएको भन्दै प्याब्सनको ठहर छ ।  हाल निजी विद्यालयहरूले १० प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएका छन् ।

विधेयकमा उल्लेख भएका कुराहरु सच्चाउन  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले माग गरेको र ति कुरा नसच्चिएसम्म आन्दोलन जारी रहने बताइएको छ ।

आन्दोलनका लागि प्याब्सन झापाले अध्यक्ष कार्की वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक र सचिव लक्ष्मीप्रसाद उप्रेतीलाई फोकल पर्षनका रुपमा तोकेको छ । उनीहरुले प्याब्सनका हरेक गतिविधिलाई अगाडि बढाउन पालिका स्तर समितिलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...