Skip to main content

साझा अक्षर

तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

 

बिर्तामोड भाद्र २ ।। समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि उहाँका पूर्वको राजनीति र बिर्तामोड उद्भव र विकास प्रकाशित भइसकेको छ । त्यसैगरी आख्यान र गैर आख्यान क्षेत्रमा उत्तिकै कलम चलाउन सक्ने लेखक सिग्देलका जीवनको गति, मनोनेट र मनको कैदी नामक कथासंग्रह, एक दिन समय कथा नामक यात्रा संस्मरण र विर्सिएका सपनाहरु नामको निवन्ध संग्रह प्रकाशित भइसकेको छ ।
लेखकले भन्नुभएको छ, मुलतः यो किताब त्यो कालखण्डको कथा हो, पीडाको आवाज हो, जतिबेला नेपालमा राणा शासनको जगजगी थियो र प्रजातन्त्रका लागि मानिसहरु छट्पटाइ रहेका थिए । तराईमा औलो, कालाजार, बिफरको प्रकोप थियो अनि पहाडमा मानिसहरु खान नपाएर मर्ने अवस्थामा थिए । त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार किताब त्यही समयको प्रतिविम्ब हो, चित्र हो ।
विगत तीन दशकदेखि सक्रिय पत्रकारिता मार्फत् लेखन क्षेत्रमा दह्रो पाइला चालेका तीर्थ सिग्देलले मूलतः अनुसन्धामूलक एवम् ऐतिहासिक पक्षलाई आफ्नो लेखनको आधार बनाएको पाइन्छ ।
यो किताबको त्यो समय र एक शताव्दीको त्यो कालखण्डमा मानिसहरुले बाँच्नका लागि गरेको संघर्ष र सत्ताले गर्ने व्यवहार अनि भूमी माथिको अधिकारको सवाल र लडाइले खासगरेर आजको समृद्ध झापा निर्माण गर्न मद्धत पुगेको लेखकको निष्कर्ष छ । पुस्तक मिडिया रिसर्च सेन्टर (एमआरसी बुक्स)ले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...