Skip to main content

साझा अक्षर

तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

 

बिर्तामोड भाद्र २ ।। समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि उहाँका पूर्वको राजनीति र बिर्तामोड उद्भव र विकास प्रकाशित भइसकेको छ । त्यसैगरी आख्यान र गैर आख्यान क्षेत्रमा उत्तिकै कलम चलाउन सक्ने लेखक सिग्देलका जीवनको गति, मनोनेट र मनको कैदी नामक कथासंग्रह, एक दिन समय कथा नामक यात्रा संस्मरण र विर्सिएका सपनाहरु नामको निवन्ध संग्रह प्रकाशित भइसकेको छ ।
लेखकले भन्नुभएको छ, मुलतः यो किताब त्यो कालखण्डको कथा हो, पीडाको आवाज हो, जतिबेला नेपालमा राणा शासनको जगजगी थियो र प्रजातन्त्रका लागि मानिसहरु छट्पटाइ रहेका थिए । तराईमा औलो, कालाजार, बिफरको प्रकोप थियो अनि पहाडमा मानिसहरु खान नपाएर मर्ने अवस्थामा थिए । त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार किताब त्यही समयको प्रतिविम्ब हो, चित्र हो ।
विगत तीन दशकदेखि सक्रिय पत्रकारिता मार्फत् लेखन क्षेत्रमा दह्रो पाइला चालेका तीर्थ सिग्देलले मूलतः अनुसन्धामूलक एवम् ऐतिहासिक पक्षलाई आफ्नो लेखनको आधार बनाएको पाइन्छ ।
यो किताबको त्यो समय र एक शताव्दीको त्यो कालखण्डमा मानिसहरुले बाँच्नका लागि गरेको संघर्ष र सत्ताले गर्ने व्यवहार अनि भूमी माथिको अधिकारको सवाल र लडाइले खासगरेर आजको समृद्ध झापा निर्माण गर्न मद्धत पुगेको लेखकको निष्कर्ष छ । पुस्तक मिडिया रिसर्च सेन्टर (एमआरसी बुक्स)ले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...