Skip to main content

साझा अक्षर

रियालिटी शोहरूमा भोटिङ सिस्टम हाउगुजी

 

निश्चल आचार्य झापा ।।    पछिल्ला वर्षहरूमा नेपालमा गायन तथा नृत्यका रियालिटी शोहरू एकपछि अर्को गर्दै आयोजना भइरहेका छन्। नेपाली तारा,  नेपाल आइडल , भ्वाइस अफ नेपाल , भ्वाइस अफ किड्स, मेरो भ्वाइस युनिभर्सल , मेरो डान्स युनिभर्स  छमछमी जस्ता कार्यक्रमहरूले नयाँ प्रतिभा खोज्ने र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने काम गर्दै आएका छन्।

 

यस्ता प्रतियोगितामा सहभागी प्रतियोगीहरू अहिले सांगीतिक क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिरहेका छन्। धेरैले यस्ता प्रतियोगितामा विजयी बनेर नाम र दाम दुवै कमाउन सफल भएका छन् भने कति प्रतिस्पर्धीहरु सोही कारण आफ्नो सांगीतिक करियर मात्र नभएर देश नै छोडेर पलायन भएका छन्

 

यस्ता प्रतियोगिताहरू आयोजना भइरहँदा सोही क्षेत्रमा भविष्य खोज्ने नयाँ कलाकारहरूका लागि खुसीको कुरा हो। तर अहिले आएर यस्ता प्रतियोगिताहरूमा भोटिङ सिस्टम हावी हुँदै गएपछि प्रतियोगी तथा दर्शक दीर्घामा प्रतियोगिताप्रतिको विश्वसनीयता घट्दै गएको महसुस गरिरहेका छन्। यस्ता कार्यक्रमहरूको भोटिङ प्रणालीको भने अहिले आलोचना हुन थालेको छ।

 

प्रतियोगिताको अन्तिम चरणमा पुगेपछि आयोजकले भोटिङ प्रणालीमार्फत विजेता चयन गर्ने व्यवस्था गर्दै आएका छन्। जसकारण प्रतिस्पर्धीहरूलाई आफूलाई विजयी बनाउन निरन्तर भोट माग्नुपर्ने बाध्यता हुन्छ। कतिपयले आफ्नो सम्पूर्ण सम्पत्ति, समय र श्रम खर्चेर हजारौं भोट संकलन गर्ने गरेका छन्। तर अन्तिममा उपाधिबाट वञ्चित हुने प्रतिस्पर्धीहरूको संख्या पनि कम छैन। यसले गर्दा उपाधि जित्ने लक्ष्य बोकेर काठमाडौँ छिरेको एउटा प्रतिभा ऋणको भारी बोकेर घर फर्कन बाध्य भएको छ

 

अहिले हरेक महिना जस्तो कुनै न कुनै रियालिटी शोको फाइनल हुने गरेको छ। जसमा प्रतिस्पर्धीहरू भोट माग्दै देशका विभिन्न शहर–सहरमा घुमिरहेका छन्। यसले गर्दा दर्शकहरूबाट वाक्क  दिक्क भएको प्रतिक्रिया सार्वजनिक हुन थालेको छ।

 

दर्शकको भनाइ छ राम्रो कलाकार जितोस भन्ने चाहना हुन्छ, तर भोटिङमा पैसा हावी हुने भएकाले असली प्रतिभा हराइरहेको छ।”

 

पछिल्लो समयमा मात्रै झापामा यस्तै विभिन्न प्रतियोगितामा फाइनलमा प्रवेश गरेका प्रतिभाहरू भोट माग्दै बजार बजार घुमिरहेको दृश्य हामीले देखिरहेका छौ। नेपालका मात्र नभएर छिमेकी देश भारतको सिक्किम दार्जिलिङ क्षेत्रका नेपाली भाषी कलाकारहरू पनि भोट अपिल गर्दै झापाका विभिन्न सहरहरूमा घुमिरहेका छन् उनीहरुलाई जिताउनका लागि उनीहरूका आफन्त तथा संघसंस्थाहरु आफ्ना प्रतिस्पर्धीलाई जिताउनका लागि जिताउ अभियाननै सञ्चालन गरेर साथमा साथ दिएर अगाडि बढिरहेको पनि हामी देखिरहेका छौं

 

तर संगीत विशेषज्ञहरूले भने भोटिङ प्रणालीले प्रतिभाभन्दा पैसालाई प्राथमिकता दिएको बताएका छन्। आर्थिक रूपमा सबल प्रतिस्पर्धीले धेरै भोट संकलन गर्न सक्ने भएकाले उपाधि जित्ने सम्भावना बढी हुन्छ। तर, वास्तविक प्रतिभावान कलाकार भने कमजोर आर्थिक हैसियतका कारण अन्तिम क्षणमा उपाधिबाट वञ्चित हुने गरेका छन्। यस पृष्ठभूमिमा अहिले दर्शक   र      सरोकारवालाहरूबाट पनि भोटिङ प्रणाली बन्द गर्नुपर्ने माग तीव्र बनेको छ। प्रतिस्पर्धाम भोटिङ सिस्टम बन्द हुनुपर्छ उनीहरूको तर्क छ ।

 

“विजेता छान्ने काम निर्णायक जजहरूले निष्पक्ष मूल्याङ्कनका आधारमा गर्नुपर्छ।” “दर्शकलाई केवल समर्थन र मनोबलका लागि संलग्न गराउन सकिन्छ, तर अन्तिम निर्णय पैसा होइन, प्रतिभाले हुनुपर्छ।”  संगीत समाज झापाका अध्यक्ष दीपक रायमाझीको तर्क छ।

 

रियालिटी शोहरू प्रतिभा खोज्ने उत्कृष्ट मञ्च भए पनि भोटिङ प्रणालीका कारण यसको विश्वसनीयता प्रश्नचिन्ह लागेको छ। करोडौँ खर्च गरेर लाखौं जित्ने प्रतियोगितालाई रियालिटी शो भनिन्छ जस्ता उपनामले पनि अहिले रियालिटी शोहरु बदनाम हुन थालेका छन्। अब आयोजकले समयमै सुधार नगरे भने दर्शकको विश्वास गुम्ने खतरा बढ्ने देखिन्छ।

 

यसकारण आगामी दिनमा निष्पक्ष निर्णायक, पारदर्शी मूल्याङ्कन र दर्शकमैत्री मोडेल अनिवार्य रूपमा अवलम्बन गर्नुपर्ने आवश्यकता देखिनछ। यस विषयमा आयोजकहरूको ध्यान जानु जरुरी देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...