साझा अक्षर

अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

 

झापा भाद्र १३ ।।  झापाको अर्जुनधारामा अर्जुनधारा राष्ट्रिय महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ।
लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता २०८२असोज ६ गतेदेखि ११ गतेसम्म अर्जुनधारा ६ स्थित लक्ष्मी माविको खेलमैदानमा हुनेछ

लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमहरु नेपाल एपीएफ, नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब ,कोशी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र न्यु डाइमण्ड भलिबल क्लब को सहभागिता रहनेछ

प्रतियोगिता आयोजना गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरी काम सुरु गरिएको छ।
प्रभा काम्बाङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा रोशन डाँगी, फडेन्द्र सिग्देल, कृष्ण खड्का, मिलन लिम्बु ,जीवन लिङ्देन, जीवन खनाल ,विराज सुवेदी ,सुशील ढुंगेल र खगेन्द्र लिङ्देन रहेका छन् त्यस्तै आर्थिक संयोजकमा नन्दहाङ लिम्बु र विशाल लिम्बु रहनुभएको छ टिम व्यवस्थापन तथा प्राविधिक व्यवस्थापनमा लेखनाथ शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ अनुशासन समिति संयोजक मणिकुमार लिङदेन रहेका छन्। प्रचारप्रसार संयोजकमा निश्चल आचार्य र सुरज प्रधान रहेका छन्। स्वयंसेवक तथा स्टेज व्यवस्थापन संयोजक भने आयोजक लक्ष्मी माध्यमिक विद्यालय रहेको छ।
लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा हिजो बसेको बैठकले विभिन्न निर्णयहरु सर्वसम्मत पारित गरेको छ।

प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँसहित आकर्षक ट्राफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद २ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमीफाइनल पुग्ने दुई टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।प्रतियोगितालाई सम्पन्न गर्न ३२ लाख रूपैयाँ अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...